मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
जीवन शैली

नागरिकताको भोक :  जिल्ला प्रशासन कार्यालयको गेटमै बास (तस्बिरहरू)

बुधबार, १३ असार २०८०, १० : १५
बुधबार, १३ असार २०८०

विराटनगर । छिटो नागरिकता बनाउने चाहनाका कारण मोरङस्थित जिल्ला प्रशासन कार्यालय विराटनगरको गेट अगाडि नै सेवाग्राही बास बसेका छन् ।

जन्मसिद्धका सन्तानहरू हिजो राति ९ बजेदेखि नै जिल्ला प्रशासन कार्यालय अगाडि बसेका हुन् । गेट अगाडि नै बिस्तारा बनाएर सुतेका उनीहरू पानी परेपछि भने तितरबितर भएका थिए ।

मोरङ बुढीगंगा गाउँपालिका–९ का सुनिल सरदारले राति ९ बजे जिल्ला प्रशासनको गेट अगाडि सुतेको बताए । लाइनमा बस्नेको पालो बिहानै पहिलो हुन्छ भनेपछि प्रशासनको गेट अगाडि सुतेको उनले बताए ।  पानी परेपछि रातभर ननिदाई बसेको उनले बताए ।

बिहान ८ बजेसम्म ३५० मिटरभन्दा लामो लाइन बनिसकेको छ । बिहान ३ बजे जिल्ला प्रशासनमा आइपुग्दा २०० भन्दा बढी व्यक्ति लाइनमा बसेको पाइएको कटहरिका मोहम्मद नुरोले बताए ।

‘राति पानी परेकाले तितरबितर भएका थिए तर २ बजेदेखि पानीमा भिज्दै पनि लाइनमा बसेका छन्,’ सुरक्षामा खटिएका एक प्रहरीले भने ।

nagarikta line1nagarikta1nagarikta2nagarikta3nagarikta4nagarikta5nagarikta6nagarikta7nagarikta8nagarikta9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप