मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा बाढी पहिरोले मानवीय संकटको अवस्था छ : योगेश भट्टराई

बुधबार, १३ असार २०८०, ११ : २३
बुधबार, १३ असार २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय संकट उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना र संखुवासभामा २४ जना गरी ३६ जनाको मृत्यु भएको बताए । त्यस क्षेत्रमा  तत्काल उद्धारका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको र उनले सम्बन्धित निकायलाई निर्देशन दिएपनि ढिलाई भएको बताए । 

उनले ताप्लेजुङ जाने ३ वटा पक्की पुल भत्काएकोले सडक सञ्जाल बिच्छेद भएकोले ठूलो मानवीय संकट उत्पन्न भएको बताए  । खाद्य संकट, औषधी लगायतका सामग्रीको संकट भएकोले सरकारको ध्यानाकषर्ण गराए । ती ठाउँमा हवाई माध्यमबाट भएपनि खाद्यवस्तु र औषधीको व्यवस्था गर्न आग्रह गरे । झन्डै १ दजर्न पुलमा क्षति पुगेकोले त्यसको मर्मत गराउनका लागि ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप