वैदेशिक रोजगारीमा गएकाहरूको पीडा सम्बोधन गर्न हेल्प डेस्क नै स्थापना गर्नुपर्छ : सांसद पौडेल
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वैदेशिक रोजगारीका गएकाहरूको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
वैदेशिक रोजगारीमा गएकाहरूको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको उल्लेख गर्दै उनीहरूलाई ट्रयाकिङगरी आपत् परेका बेलामा सहयोग गर्नका लागि सम्बन्धित मन्त्रालय र राजदूतावासहरूमा हेल्प डेस्कको आवश्यक व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे ।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको उल्लेख गर्दै त्यसमा सहयोगी हुने गरी संयन्त्रहरूको निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले एयरपोर्ट देखिनै विदेशमा गएका नेपाली कामदारहरूको ट्रयाकिङ गर्न सके उनीहरूको पीडाको सुनुवाइ गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराए ।
सांसद पौडेलले धेरै नेपालीहरूले काम गर्ने क्रममा विदेशमा ठुलो पीडा भोग्नु परेको भए पनि त्यसमा सरकार गम्भीर नभएको गुनासो समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण