जनकपुरमा प्रथम रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै
जनकपुरधाम । जनकपुरधाममा प्रथम रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० हुने भएको छ । भोलि (बिहीबार) जनकपुरधामस्थित कवर्ड हलमा कुस्ती प्रतियोगिता हुने अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेश शर्माले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा अखिल खेलकुद महासंघको व्यवस्थापनमा उक्त कुस्ती प्रतियोगिता हुन लागेको उनले बताए ।
प्रतियोगितामा ८ टिमका ६० जना खेलाडी सहभागी हुनेछन् । जसमध्ये ३ वटा टिम महिलाको र ७ वटा पुरुषको रहनेछ ।
कुस्ती प्रतियोगितामा महिला टिममा ५३, ५९ र ७२ केजी तौल समूहका र पुरुष टिममा ६१, ७० र ९७ केजी तौल समूहका खेलाडीहरूले भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सातै प्रदेशका सात टिमका साथै पुलिस, आर्मी र सशस्त्र गरी तीन र एक वटा धनुषाको होस्ट कुस्ती टिम भाग लिनेछन् ।
प्रतियोगितामा सहभागी टिमहरूमध्ये प्रथम हुनले गोल्ड, दोस्रोलाई शिल्भर र तेस्रोलाई ब्रोन्ज मेडल प्रदान गरिनेछ । त्यस्तै सहभागी टिमहरुलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण