जनकपुरमा प्रथम रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै

जनकपुरधाम । जनकपुरधाममा प्रथम रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० हुने भएको छ । भोलि (बिहीबार) जनकपुरधामस्थित कवर्ड हलमा कुस्ती प्रतियोगिता हुने अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेश शर्माले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा अखिल खेलकुद महासंघको व्यवस्थापनमा उक्त कुस्ती प्रतियोगिता हुन लागेको उनले बताए ।
प्रतियोगितामा ८ टिमका ६० जना खेलाडी सहभागी हुनेछन् । जसमध्ये ३ वटा टिम महिलाको र ७ वटा पुरुषको रहनेछ ।
कुस्ती प्रतियोगितामा महिला टिममा ५३, ५९ र ७२ केजी तौल समूहका र पुरुष टिममा ६१, ७० र ९७ केजी तौल समूहका खेलाडीहरूले भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सातै प्रदेशका सात टिमका साथै पुलिस, आर्मी र सशस्त्र गरी तीन र एक वटा धनुषाको होस्ट कुस्ती टिम भाग लिनेछन् ।
प्रतियोगितामा सहभागी टिमहरूमध्ये प्रथम हुनले गोल्ड, दोस्रोलाई शिल्भर र तेस्रोलाई ब्रोन्ज मेडल प्रदान गरिनेछ । त्यस्तै सहभागी टिमहरुलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू