फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक सय ७५ औं स्थानमा छ । यसअघिको वरीयतामा नेपाल एक सय ७४ औं स्थानमा थियो । नेपालले पछिल्लो पटक भारतमा साफ च्याम्पियनसिप खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । नेपाली टोली कुवेत र भारतसँग पराजित भएको थियो भने नेपालले समूहगत चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराएको थियो ।
पछिल्लो वरीयतामा दक्षिण एशियाली राष्ट्रमध्ये भारत सबैभन्दा अगाडि छ । भारत १०० औं वरीयतामा छ । माल्दिभ्स १५४ औं वरीयतामा छ भने भुटान १८४ औं स्थानमा छ । बंगलादेश १९२ औं स्थानमा आसिन छ । पाकिस्तान भने २०१ औं स्थानमा छ । यसका अतिरिक्त श्रीलंका २०७ औं वरीयतामा छ । एसियामा जापान सबैभन्दा अगाडि २० औं स्थानमा छ । इरान २२ औं, अस्ट्रेलिया २७ औं र दक्षिण कोरिया २८ औं वरीयतामा छन् । विश्व वरीयतमा भने अर्जेन्टिना पहिलो स्थानमा छ । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा आसिन छ । इङ्ल्यान्ड चौथो र बेल्जियम पाँचौं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण