सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ : किसान श्रेष्ठ

बिहीबार, १४ असार २०८०, १९ : २०
बिहीबार, १४ असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् । 

बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट व्यवहारिक नभएको बताएका हुन् । 

उनले भने, 'फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ । यो व्यवहारिक छैन । श्रमिक ३ लाख तिरेर आउन बाध्य छन् ।' 

नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गरेर कानुनमा एक महिनाको सेवा शुल्क लिने व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेको मन्त्रीले यस विषयमा ध्यान दिनुपर्ने पनि बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप