फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ : किसान श्रेष्ठ
बिहीबार, १४ असार २०८०, १९ : २०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् ।
बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट व्यवहारिक नभएको बताएका हुन् ।
उनले भने, 'फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ । यो व्यवहारिक छैन । श्रमिक ३ लाख तिरेर आउन बाध्य छन् ।'
नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गरेर कानुनमा एक महिनाको सेवा शुल्क लिने व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेको मन्त्रीले यस विषयमा ध्यान दिनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण