बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘गणतन्त्र आउनु, राजा हट्नु र संविधान बन्नु पुष्पलालकै योगदान हो’

शुक्रबार, १५ असार २०८०, १६ : ५३
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिस्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमार्क्सवादी दृष्टिकोणको संज्ञा दिए । ‘गल्ती नगर्ने र गल्ती नसच्याउने मान्छे’ मान्छे नै नहुने उनको भनाई छ ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा शुक्रबार रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुष्पलालको दृष्टिकोणले ६५ प्रतिशत जनमत कम्युनिस्टहरूको पक्षमा रहेको बताएका हुन् ।

गणतन्त्र आउनु, राजा हट्नु, संविधान बन्नु पुष्पलालकै योगदानको उपलब्धि भएको बताए । अहिलेको व्यवस्था माओवादीले बन्दुक पड्काएर मात्रै नआएको उनको भनाई छ । कम्युनिस्ट आन्दोलनले नेपालको राजनीतिमा धेरै परिवर्तन ल्याए पनि गर्न धेरै बाँकी रहेको उनको भनाई छ । ‘हिजो राजाको शासन थियो, आज जनताको शासन छ । जनताले ल्याएको व्यवस्था हो यो, के माओवादीले बन्दुक पड्काउँदैमा आएको हो र ? लाखौँलाख जनता संलग्न भए । माओवादीको युद्धमा पनि हजारौँ संलग्न भए, संयुक्त जनआन्दोलनमा पनि लाखौँलाख संलग्न भए । जनताले लडेर ल्याएको, हजारौँ हजार जनताको बलिदानले ल्याएको उपलब्धि हो । तर, गर्न अझै धेरै बाँकी छ,’– उनले भने । 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिस्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताए । माओकै पालामा पनि कम्युनिस्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्‍याउन नसक्नेले विकल्प दिनुपर्नेमा जोड दिए । माओवादी जनयुद्धले विश्वको कम्युनिस्ट आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पार्टीभित्र अहिले वैचारिक विकास नै मुख्य समस्याको रूपमा रहेको उनको भनाई छ । पुष्पलालले आफ्नो जीवनकालमा जे जति सकेको वैचारिक विकास गरेको भन्दै उनले प्रशंसा गरे । पुष्पलालकै वैचारिक धारमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको उनको दाबी छ । 

पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाई छ । गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाइनले आएको उनको दाबी छ । गजुरेलले अब पुष्पलालको लाइनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए ।  पुष्पलाल अध्ययन समाजका सचिव नीलकण्ठ तिवारीले पुष्पलालको जन्म शताब्दीमा उनेकोबारे जनतालाई जानकारी गराउनका लागि आफूहरू लागिपरेको बताए । अहिले वाम जनमत निराशामा रहेको र वाम आन्दोलनलाई एकीकृत गर्नसमेत उनले सबैसमक्ष आग्रह गरे । 

नेकपा मालेका महासचिव सीपी मैनालीले पुष्पलालको स्मृतिमा बन्न लागेको भौतिक संरचना पूरा गर्नका लागि उनले सबैसमक्ष आग्रह गरे । कम्युनिस्ट आन्दोलन ७५ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले यसबीचमा आन्दोलनले धेरै आरोह अवरोह बेहोरेको बताए । देशको वस्तुस्थिति र परिवेशको सन्दर्भमा विगतका नीतिहरूको समीक्षा हुन आवश्यक रहेको उनले बताए । 

‘जे/जति कार्यक्रम राख्नुभएको छ, ठिकै छन् । तर, यसको सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो ७५ वर्षको समीक्षालाई प्राथमिकता दिनुपर्छ । किनभने यो ७५ वर्ष पुष्पलालसँग जोडिएका विषय हुन । अहिलेको यो भद्रगोल भएको कुरालाई बिर्सिएर खाली हामीले राम्रा–राम्रा कुराहरूको मात्रै लेखाजोखा गर्ने कुरा मात्रै गर्‍यौँ भने हामी आन्दोलनप्रति गम्भीर नभएको ठहर्छ,’– उनले भने । 

नेपाल कम्युनिस्ट पार्टी मसालका नेता रामप्रकाश पुरीले अहिले कम्युनिष्टहरुको आदर्श र आस्था गम्भीर संकटमा रहेको बताए । आफूहरूलाई मूल समारोहमा राखिएकोप्रति प्रतिबद्धता जाहेर गरेको बताए । नेपालमा जसले घण्टी बजाए पनि नेपालमा कम्युनिस्ट आन्दोलन रहिरहने उनको दाबी छ । पुष्पलालले यो संसार रहेसम्म कम्युनिस्ट आन्दोलन रहने अनुमान गरेर आन्दोलन अगाडि बढाएको उनको दाबी छ । पुष्पलालका सपनाहरू कहिल्यै पनि नमर्ने उनको दाबी छ । 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता शरद रसाईली पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको अतुलनीय व्यक्तित्व भएको बताए । पुष्पलालको आदर्शलाई थप स्थापित गराउनका लागि सबै कम्युनिस्टहरू एक हुन आवश्यक रहेको उनको भनाई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप