खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन
ललितपुर । खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् । ललितपुर महानगरपालिका–१४, १५, २३ र २६ को खानेपानी सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिए । उनले खानेपानीको सहज पहुँच आम जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै जनतालाई शुद्द खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको बताए ।
कार्यक्रममा सांसद डा तोसिमा कार्की, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, खानेपानी मन्त्रालयका कर्मचारी, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख राजेन्द्र सापकोटा तथा स्थानीय प्रभावित बासिन्दा कार्यक्रममा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण