वेस्ट इन्डिज विश्वकपबाट बाहिर, स्कटल्याण्डसँग ७ विकेटले पराजित
जिम्बाब्वे । विश्वकप छनोट अन्तर्गतको खेलमा स्कटल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । यो हारसँगै वेस्ट इन्डिजको टोली विश्वकप २०२३ को दौडबाट बाहिरिएको छ । सुपर ६ राउण्डको खेलमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली १८१ रनमा अलआउट भयो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४५ रनको योगदान दिए । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ३ विकेट लिए । १८२ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डको टोलीको सुरुवात राम्रो हुन सकेन र ओपनर क्रिस्टोफर म्याकब्राइड खाता नखोल्दै आउट भए ।
त्यसपछि विकेटकिपर ब्याट्सम्यान म्याथ्यु क्रस र अलराउन्डर ब्रान्डन म्याकमुलनले इनिङ्सलाई सम्हालेका थिए। म्याकमुलनले ६९ रनको इनिङ खेले भने क्रसले ७४ रन बनाउँदै अविजित रहे । ब्रेन्डन म्याकमुलन आफ्नो अलराउन्ड प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण