सिरहामा लागु औषधसहित ३ जना पक्राउ
शनिबार, १६ असार २०८०, २२ : ०१

सिरहा । सिरहामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सिरहा नगरपालिका– ७ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकामस्थित ट्राफिक चोकबाट ७०।९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो।
प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा सिरहा– ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव तथा सिरहा– २० का १९ वर्षीय सत्यनारायण कारक छन्। उनीहरुविरुद्ध सिरहा जिल्ला अदालतबाट शुक्रबार लागुऔषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इनफिनिक्स नोट ५० एक्स नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?
-
च्याम्पियन बन्न पञ्जाबले १ सय ९१ रन बनाउनुपर्ने
-
पायोनियर मोटोकर्पले ’जिकर एक्स’ इलेक्ट्रिक लक्जरी एसयूभी सुलभ मूल्यमा ल्यायो
-
प्रचण्डले कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको राप्रपाको आरोप
-
आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति
-
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता