सनराइज क्यापिटल र समाज डेण्टलबीच छुट प्रदान गर्ने विषयमा सम्झौता
काठमाडौँ । सनराइज क्यापिटल लिमिटेड तथा समाज डेण्टल हस्पिटलबीच छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौतामा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अन्तरगत सनराइज क्यापिटलले समाज समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आ।व।को डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्कमा २० प्रतिशत छुट, निः शुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा र आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था प्रदान गर्नेछ ।
त्यस्तै, समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटल लिका कर्मचारी ग्राहकहरूलाई निःशुल्क विशेषज्ञ परामर्श तथा दाँत तथा मुखको परीक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण