बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा विद्युत् ट्रान्सफर्मर चोर्ने गिरोह पक्राउ

सोमबार, १८ असार २०८०, १२ : ०९
सोमबार, १८ असार २०८०

रौतहट  । लामो समयदेखि रौतहटको विभिन्न स्थान बाट विद्युत् ट्रान्सफर्मर चोरी गर्न सक्रिय रहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान रहेको विद्युत् ट्रान्सफर्मर्मर अनेक उपकरणको सहयोगले लगातार चोरी गर्ने गिरोहका ४ जना लाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरीया १ भासेढवाका वर्ष ४६ का रामलाल महतो, सोही ठाउँका वर्ष ३६ का वीरेन्द्र राय यादव, वर्ष ३७ का सुखल महतो रहेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर अरविन्द कुमार साहले बताएका छन्। उनीहरूको साथबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान स्कुटी, एक थान आइफोन,र ३ थान अन्य कम्पनीको मोबाइल बरामद गरेको छ।

आरोपीहरूको बयानको आधारमा प्रहरीले गरुडा नगरपालिका ४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाडी पसलमा प्रहरीले आइतबार छापा मारेको थियो। त्यसक्रममा क्रममा विद्युत् ट्रान्सफर्मर्मरमा प्रयोग हुने तामाको तार लगायतको सामग्री ठुलो मात्रामा बरामद गरेको छ। तामाको तारको चुडी १५ थान (१७६ ) किलोग्राम, तामाको कवायल रोल १५ थान (१२९) किलोग्राम, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको इन्स्पेक्टर साहले बताएका छन्। कवाड पसल सञ्चालक चौधरी भने फरार रहेका उनले जानकारी दिएका छन्।

पक्राउ परेका चारैजना माथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थमाएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाले जनाएको छ। पछिल्लो दुई वर्षदेखि रौतहटमा यस्ता चोरको गिरोह सक्रिय भएर दर्जनौँ स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी गरिसकेका छन्। पक्राउ परे पनि सामान्य चोरी मुद्दा चलाउँदा कैयौँ आरोपी अदालतबाट धरौटीमै छुट्ने हुँदा ट्रान्सफर्मर्मर चोरी नियन्त्रण हुन नसकेको प्रहरीको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप