शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलरको मितिबारे किन यस्तो चर्चा ?

सोमबार, १८ असार २०८०, १५ : ३०
सोमबार, १८ असार २०८०

शाहरुख खानको नयाँ फिल्म जवान सेप्टेम्बर ७ मा सिनेमा हलमा रिलिज हुँदै छ । तर शाहरुखका फ्यानहरू भने फिल्मको ट्रेलरको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । हालै शाहरुखले पनि ट्विटरमा यसको जवाफ दिएका छन् ।

एक फ्यानले शाहरुखलाई जवान फिल्मको ट्रेलर कहिले आउँछ भनेर सोधेका थिए । त्यसपछि शाहरुखले पनि जवाफ दिँदै सबै कुरा तयार भइसकेको र ट्रेलर पनि छिट्टै सार्वजनिक हुने सङ्केत दिए ।

सामाजिक सञ्जालमा के पनि खबर आइरहेको छ भने, टम क्रुजको फिल्म मिसन इम्पोसिबलसँगै जवानको ट्रेलर सिनेमा घरमा लन्च हुने दाबी गरिएको छ ।

टम क्रुजको फिल्म १२ जुलाईमा रिलिज हुँदै छ । यो फिल्मको मध्यान्तरमा जवानको ट्रेलर देखाइने मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

शाहरुखका फ्यान क्लबको तर्फबाट ट्विट गरेर पनि यसबारे जानकारी दिइएको छ ।

हालै फिल्म जवानले रिलिज अगावै कमाई गरिरहेको खबर आएको थियो । फिल्मको म्युजिक राइट्स ३६ करोड भारुमा बिक्री भएको थियो ।

शाहरुखको यो फिल्ममा प्रशंसकको नजर यस कारण पनि छ किनभने जनवरीमा रिलिज भएको शाहरुखको फिल्म ‘पठान’ ले एक हजार करोडभन्दा बढी कमाएको थियो । 

पठानको कमाई हिन्दी फिल्म उद्योगका लागि महत्त्वपूर्ण थियो किनभने केही समयका लागि थिएटरहरूमा फिल्महरूको प्रदर्शन निकै कमजोर थियो ।

जवान फिल्ममा भिएफएक्स अर्थात् स्पेसल इफेक्टमा धेरै पैसा खर्च गरिएको बताइन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप