शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलरको मितिबारे किन यस्तो चर्चा ?
शाहरुख खानको नयाँ फिल्म जवान सेप्टेम्बर ७ मा सिनेमा हलमा रिलिज हुँदै छ । तर शाहरुखका फ्यानहरू भने फिल्मको ट्रेलरको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । हालै शाहरुखले पनि ट्विटरमा यसको जवाफ दिएका छन् ।
एक फ्यानले शाहरुखलाई जवान फिल्मको ट्रेलर कहिले आउँछ भनेर सोधेका थिए । त्यसपछि शाहरुखले पनि जवाफ दिँदै सबै कुरा तयार भइसकेको र ट्रेलर पनि छिट्टै सार्वजनिक हुने सङ्केत दिए ।
सामाजिक सञ्जालमा के पनि खबर आइरहेको छ भने, टम क्रुजको फिल्म मिसन इम्पोसिबलसँगै जवानको ट्रेलर सिनेमा घरमा लन्च हुने दाबी गरिएको छ ।
टम क्रुजको फिल्म १२ जुलाईमा रिलिज हुँदै छ । यो फिल्मको मध्यान्तरमा जवानको ट्रेलर देखाइने मिडिया रिपोर्टमा दाबी गरिएको छ ।
शाहरुखका फ्यान क्लबको तर्फबाट ट्विट गरेर पनि यसबारे जानकारी दिइएको छ ।
हालै फिल्म जवानले रिलिज अगावै कमाई गरिरहेको खबर आएको थियो । फिल्मको म्युजिक राइट्स ३६ करोड भारुमा बिक्री भएको थियो ।
शाहरुखको यो फिल्ममा प्रशंसकको नजर यस कारण पनि छ किनभने जनवरीमा रिलिज भएको शाहरुखको फिल्म ‘पठान’ ले एक हजार करोडभन्दा बढी कमाएको थियो ।
पठानको कमाई हिन्दी फिल्म उद्योगका लागि महत्त्वपूर्ण थियो किनभने केही समयका लागि थिएटरहरूमा फिल्महरूको प्रदर्शन निकै कमजोर थियो ।
जवान फिल्ममा भिएफएक्स अर्थात् स्पेसल इफेक्टमा धेरै पैसा खर्च गरिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण