एसेस शृंखलाबाट बाहिरिए नाथन लियोन
काठमाडौँ । अस्ट्रेलियाका अफ—स्पिनर नाथन लियोनले इङ्ल्यान्डविरुद्घको बाँकी एसेस टेस्ट खेल्न नसक्ने भएका छन् । इङ्ल्यान्डविरुद्घको दोस्रो एसेस टेस्टका क्रममा पिँडुलामा लागेको चोटका कारण उनले बाँकी खेल गुमाउने भएका हुन् ।
३५ वर्षीय लियोन लर्डसमा खेलिएको दोस्रो टेस्टको दोस्रो दिन घाइते भएका थिए । उनले हालसम्म अस्ट्रेलियाका लागि चार सय ९६ टेस्ट खेलिसकेका छन् । इङ्ल्यान्डविरुद्घको पाँच खेलको परम्परागत एसेस शृंखलामा हाल अस्ट्रेलिया २—० ले अगाडि छ ।
एसेस शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भएको थियो । आइतबार सम्पन्न दोस्रो खेलमा अस्ट्रेलिया ४३ रनले विजयी भएको थियो । लियोनको स्थानमा अर्का स्पिनर टोड मर्फीलाई टोलीमा समावेश गर्ने सम्भावना छ ।
यसै वर्षको प्रारम्भमा भएको भारत भ्रमणका क्रममा १४ विकेट लिने मर्फीलाई तेस्रो टेस्टका लागि अस्ट्रेलियन टोलीमा समावेश गरिने सम्भावना रहेको छ । गत फेब्रुअरीमै भएको भारतविरुद्घको खेलमा २२ वर्षीय मर्फीले टेस्टमा ‘डेब्यू’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण