आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनीमा एमालेको विरोधकै बीचमा बजेट माथिको छलफल सकियो

सोमबार, १८ असार २०८०, १७ : १५
सोमबार, १८ असार २०८०

बुटवल । लुम्बिनी प्रदेशमा एमालेको विरोधकै बीचमा बजेट माथिको सैद्धान्तिक छलफल सकिएको छ ।  प्रतिपक्ष दल एमाले विनै सोमवारबाट बजेटमाथिको छलफल सकिएको हो ।  बैठकमा सत्तारुढ दलका सांसदले मात्रै भाग लिए। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले छलफलमा प्रमुख प्रतिपक्षी दल भएर पनि आफूहरूलाई बोल्न नदिइएको आरोप लगाए । 

पार्टीको तर्फबाट भोजप्रसाद श्रेष्ठलाई बोल्नका लागि समय माग गरेको भए पनि सभामुखले बोल्न नदिएको चौधरीको भनाइ छ । बैठकमा सत्तारुढ दलका सांसदहरु बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिए । उनीहरुले सरकारले ल्याएको बजेटको बचाउ गरेका छन् । 

एमालेको विरोधपछि बैठक तीन पटकसम्म स्थगित गरिएको थियो । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट माथि उठेका प्रश्नको जवाफ दिएका थिए । मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने बताएका छन् ।

साथै मन्त्री मास्कीले बैठकमा विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक पेश गरेका थिए । असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो । अर्को बैठक मङ्गलवार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । अब बस्ने बैठकमा विनियोजन विधेयक माथिको सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको  प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप