लुम्बिनीमा एमालेको विरोधकै बीचमा बजेट माथिको छलफल सकियो
बुटवल । लुम्बिनी प्रदेशमा एमालेको विरोधकै बीचमा बजेट माथिको सैद्धान्तिक छलफल सकिएको छ । प्रतिपक्ष दल एमाले विनै सोमवारबाट बजेटमाथिको छलफल सकिएको हो । बैठकमा सत्तारुढ दलका सांसदले मात्रै भाग लिए। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले छलफलमा प्रमुख प्रतिपक्षी दल भएर पनि आफूहरूलाई बोल्न नदिइएको आरोप लगाए ।
पार्टीको तर्फबाट भोजप्रसाद श्रेष्ठलाई बोल्नका लागि समय माग गरेको भए पनि सभामुखले बोल्न नदिएको चौधरीको भनाइ छ । बैठकमा सत्तारुढ दलका सांसदहरु बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिए । उनीहरुले सरकारले ल्याएको बजेटको बचाउ गरेका छन् ।
एमालेको विरोधपछि बैठक तीन पटकसम्म स्थगित गरिएको थियो । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट माथि उठेका प्रश्नको जवाफ दिएका थिए । मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने बताएका छन् ।
साथै मन्त्री मास्कीले बैठकमा विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक पेश गरेका थिए । असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो । अर्को बैठक मङ्गलवार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । अब बस्ने बैठकमा विनियोजन विधेयक माथिको सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण