सार्वजनिक स्थलमा देउवाको विरोध नगर्न प्रचार विभागको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ। केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकले ‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने’ निर्णय गरेको हो ।
महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवाको चर्को विरोधमा उत्रिएपछि विभागले सबैलाई यस्तो आग्रह गरेको छ । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको सोमबारको बैठकमा विभागका ३५ जना सदस्यले धारणा राखेका थिए। कांग्रेस सरकारले गरेका राम्रा कामबारे जनतामाझ पुर्याउने निर्णयसमेत भएको छ।
‘विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने’ निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ।
विभागले आफ्नै वेबसाइट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने पनि निर्णय गरेको छ। विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि भएको छ। निर्देशिका मस्यौदा समितिमा संयोजक दिपकप्रसाद कुईकेल र सदस्यहरु गोविन्द परियार, गणेश केसी, लिला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाई छन्।
कार्ययोजना तर्जुमा समितिमा संयोजक गोपालकुमार झा र सदस्य तिलक राई, उमिद वागचन, हुकम बुढा, विष्णु तिम्सीना, राघव गौतम र रम्मा मिश्र छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण