मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

झापामा लागुऔषधसहित दुई जना युवती पक्राउ

मङ्गलबार, १९ असार २०८०, १२ : २१
मङ्गलबार, १९ असार २०८०

झापा । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् ।

 झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो । यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप