शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित

मङ्गलबार, १९ असार २०८०, १७ : २१
मङ्गलबार, १९ असार २०८०

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धको व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका सकिएसँगै बैठक १ घण्टाको लागि स्थगित भएको हो ।

आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भोजप्रसाद श्रेष्ठ, बोलेसँगै भएको छलफलमा अन्य सांसदहरूले समेत बजेटको बचाउ गर्दै बोलेका थिए ।

बैठकमा लोकी कुमारी बिक, भगवती अधिकारी, तारा थापा, मिना कुमारी श्रेष्ठ, सुरुल पुनले बोलेका थिए । सैद्धान्तिक छलफलमा उठेका कुराको आर्थिक मामिला मन्त्री धन बहादुर मास्केले जवाफ दिएसँगै सभामुख तुलाराम घर्तीले सैद्धान्तिक छलफल सकिएपछि   १ घण्टाको लागि बैठक स्थगित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप