सिचुआनमा भारी वर्षाका कारण चार लाख ६० हजारभन्दा बढी प्रभावित
चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण चार लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले मंगलबार जनाएअनुसार सो प्रान्तका ८५ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूलाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ।
भारी वर्षाको समयमा जनताको जीवन रक्षा गर्न प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले सामाजिक सञ्जाल प्लेटफर्म र आफ्नो वेबसाइट मार्फत जनतालाई पूर्व चेतावनी पठाएको छ। साथै गस्ती कार्य र वास्तविक-समय वर्षाको अनुगमनलाई पनि चुस्त बनाएको बताइएको छ ।
यसअघि सिचुआनले २६ वटा काउन्टी–स्तर क्षेत्रहरू समावेश गर्दै बाढीको उच्च जोखिम रहेको भन्दै पहेंलो चेतावनी जारी गरेको छ । साथै चीनले भूवैज्ञानिक प्रकोपहरू जनाकारी सम्प्रेषण गर्न चार किसिमका रङ-कोड गरिएको मौसम चेतावनी प्रणाली विकास गरेको छ ।
सो प्रणाली अन्तर्गत रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्छ भने त्यसपछि सुन्तला, पहेंलो र निलो रङले क्रमशः कम खतराको प्रतिनिधित्व गर्छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण