कृत्रिम तलाउ बनाएपछि अप्ठ्यारोमा परे नेमार
साओ पाउलो । स्थानीय प्रशासनको अनुमति बिना नै भौतिक पूर्वाधार निर्माण गरेपछि ब्राजिलियन फुटबल स्टार नेमार अप्ठ्यारोमा परेका छन् । उनले राजधानी रियो दी जेनेरियाभन्दा केही टाढा रहेको मानगाराटिबामा कृत्रिम तलाउ निर्माण गरेका थिए । स्थानीय प्रशासनको अनुमति नलिई कृत्रिम तलाउ निर्माण गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकरले ३३ लाख अमेरिकी डलर (४३ करोड २३ लाख नेपाली रुपैयाँ) जरिवाना तिनुपर्ने भएको छ ।
स्थानीय प्रशासनद्वारा लागू गरिएको वातावरण संरक्षणसम्बन्धि कानुन उल्लंघन गरेको आरोपमा नेमारलाई ठूलो धनराशी जरिवाना तिराइएको समाचारमा जनाइएको छ । उनले आफ्नो पुरानो घर पूनःनिर्माण गर्ने क्रममा कृत्रिम तलाउ पनि खनाएका थिए ।
स्थानिय प्रशासनले पनि अवैध रुपमा कृत्रिम तलाउ निर्माण गरेको आरोपमा ३१ वर्षीय नेमारलाई जरिवाना तिराइएको स्वीकारेको छ । नेमारले उक्त कृत्रिम तलाउ भने आफ्नो स्वामित्वमा रहेको जमिनमा बनाएका थिए । नेमारले कृञिम तलाउ निर्माण गर्न थालेपछि थुप्रै स्थानीयले त्यसको जानकारी प्रशासनलाई गराएका थिए । नेमारले भने आफूमाथि लगाइएको जरिवानाको विषयमा पुनरावेदन गर्ने बताएका छन् । नेमारले निर्माण गराएको कृञिम तलाउ एक हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण