कृत्रिम तलाउ बनाएपछि अप्ठ्यारोमा परे नेमार

साओ पाउलो । स्थानीय प्रशासनको अनुमति बिना नै भौतिक पूर्वाधार निर्माण गरेपछि ब्राजिलियन फुटबल स्टार नेमार अप्ठ्यारोमा परेका छन् । उनले राजधानी रियो दी जेनेरियाभन्दा केही टाढा रहेको मानगाराटिबामा कृत्रिम तलाउ निर्माण गरेका थिए । स्थानीय प्रशासनको अनुमति नलिई कृत्रिम तलाउ निर्माण गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकरले ३३ लाख अमेरिकी डलर (४३ करोड २३ लाख नेपाली रुपैयाँ) जरिवाना तिनुपर्ने भएको छ ।
स्थानीय प्रशासनद्वारा लागू गरिएको वातावरण संरक्षणसम्बन्धि कानुन उल्लंघन गरेको आरोपमा नेमारलाई ठूलो धनराशी जरिवाना तिराइएको समाचारमा जनाइएको छ । उनले आफ्नो पुरानो घर पूनःनिर्माण गर्ने क्रममा कृत्रिम तलाउ पनि खनाएका थिए ।
स्थानिय प्रशासनले पनि अवैध रुपमा कृत्रिम तलाउ निर्माण गरेको आरोपमा ३१ वर्षीय नेमारलाई जरिवाना तिराइएको स्वीकारेको छ । नेमारले उक्त कृत्रिम तलाउ भने आफ्नो स्वामित्वमा रहेको जमिनमा बनाएका थिए । नेमारले कृञिम तलाउ निर्माण गर्न थालेपछि थुप्रै स्थानीयले त्यसको जानकारी प्रशासनलाई गराएका थिए । नेमारले भने आफूमाथि लगाइएको जरिवानाको विषयमा पुनरावेदन गर्ने बताएका छन् । नेमारले निर्माण गराएको कृञिम तलाउ एक हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग काठमाडौँ–तराई मधेस द्रुतमार्ग सुरु विन्दुको समस्याबारे छलफल
-
काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
-
जिल्ला अदालत काठमाडौँमा प्रधानन्यायाधीशको छड्के अनुगमन
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित
-
गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीद्वारा उद्घाटन
-
जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ