९ वर्षदेखि किन फिल्मबाट टाढा छिन् रेखा, आफूलाई मान्छिन् भाग्यमानी
बलिउडकी दिग्गज अभिनेत्री रेखा आजकल आफ्नो फोटोसुटका कारण चर्चामा छिन् । भोग म्यागेजिनको अरेबिया संस्करणको कभरमा रेखालाई देखेर सबैले उनको तारिफ गरिरहेका छन् । फोटोसुटसँगै रेखा आफ्ना रोचक खुलासाका कारण पनि चर्चामा छिन् । म्यागेजिनसँग कुरा गर्दै उनले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका बारे जे जति कुरा गरेकी छिन्, त्यो सुन्दा रेखा आफ्नो एक्लो जीवनबाट निकै खुसी रहेको देखिन्छ ।
पत्रिकाको कुराकानीमा उनलाई फिल्मबाट टाढा बस्नुको कारण पनि सोधिएको छ । सन् २०१४ मा आएको फिल्म ‘सुपर नानी’ पछि उनले किन कुनै फिल्म साइन गरेकी छैनन् । यी प्रश्नमा प्रतिक्रिया दिँदै रेखाले भनिन्, ‘म भाग्यमानी छु कि मसँग कुनै पनि निर्णयमा हो वा होइन भन्ने स्वतन्त्रता छ, म आफूलाई भाग्यमानी ठान्छु किनभने म जे चाहन्छु त्यो गर्न सक्छु । सही र गलत छान्ने अधिकार मैले पाएको छु ।’
उनी थप्छिन्, ‘मसँग अभिनय करियरको पुराना दिनका निकै सुन्दर सम्झनाहरू छन् । यिनै सम्झनाको सहाराले म अझै पनि फिल्ममा आबद्ध छु ।’
‘सही समयमा सही प्रोजेक्टले खोजी गरिहाल्छ,’ उनले भनिन् ।
कुराकानीमा रेखालाई प्रेमबारे थप प्रश्न सोध्दा उनले मिठो जवाफ दिइन् । सम्बन्धमा आएको केही दिनपछि किन प्रेम कम हुन्छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘जब सम्बन्ध स्थापित हुन्छ, तब सधैँका लागि हुन्छ । कहिलेकाहीँ हामी धेरै नै चाहना राख्छौँ । कति पटक त त्यो धेरै नै हुन्छ । ’
रेखाका अनुसार एक पटक सम्बन्ध जोडिएपछि त्यो उनका लागि स्थायी हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण