शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

घुससहित लेखापाल र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा

बुधबार, २० असार २०८०, २० : १४
बुधबार, २० असार २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखापाल र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ । 

अख्तियारको टोलीले बुधबार महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई घुससहित नियन्त्रणमा लिएको हो । 

उनीहरुले कोभिड(१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप