घुससहित लेखापाल र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा
बुधबार, २० असार २०८०, २० : १४
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखापाल र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले बुधबार महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई घुससहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले कोभिड(१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको भुक्तानी दिने क्रममा सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण