चर्चामा प्रभासको सालार, टिजरलाई रुचाए फ्यानले
बिहीबार, २१ असार २०८०, ०९ : ४३
मुम्बई । आदिपुरुषपछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ । रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ ।
यसैबीच प्रशान्त नील निर्देशित फिल्म सालारको टिजर रिलिज भएको छ, जसको सामाजिक सञ्जालमा तिब्र चर्चा भइरहेको छ । यति मात्र होइन, सालारले विश्व कीर्तिमान पनि हल्लाउन सक्ने फ्यानहरूले प्रतिक्रिया दिँदै आएका छन् ।
केही फरक गर्ने सोच बनाएर निर्माण पक्षले आज अर्थात असार ६ गते बिहान ५ः१२ बजे टिजर आउने घोषणा गरेर दर्शकमाझ उत्साह बढाएको थियो । टिजरमा दमदार एक्सन र जबरजस्त संवादको झलक देख्न सकिन्छ ।
फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, जगपति बाबु, श्रीया रेड्डीलगायतको अभिनय छ । फिल्म आगामी सेप्टेम्बर २८मा तेलुगु, कन्नड, मलयालम, तमिल र हिन्दीसहित ५ भाषाहरूमा प्रदर्शन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण