कांग्रेस सदस्यता पाउन अब सजिलो हुन्छ : विश्वकर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको संयोजनमा पार्टी सदस्यका सम्बन्धमा जिल्ला सभापतिहरुलाई प्रशिक्षण दिइएको छ ।
जिल्ला सभापतिहरुसँगको छलफलकै बीचमा केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफलको विषय प्रकाश पारेका हुन् ।
आइटी विज्ञ दिपेश विष्टले अनलाइन सदस्यता वितरणबारे जानकारी दिएको बताए । विश्वकर्माका अनुसार छलफलमा ६५ जिल्ला सभापति सहभागी रहेका छन् ।
आधा दर्जन जिल्ला सभापतिले आफ्नो धारणा राखेका छन् ।
कांग्रेसको साधारण सदस्य अनलाइनबाट सहजै लिन पाउने व्यवस्था गरिएको छ । विश्वकर्माले भने, 'क्रियाशील सदस्यको सदस्य हल हुने भएको छ । सहजै सदस्यता पाउन सकिने छ ।' पार्टीका सबै निकायको अनलाइनमा पहुँच रहने बताए ।
विश्वकर्माले भने, "क्रियाशील सदस्यता महाधिवेशनको संघारमा मात्रै नवीकरण गर्ने प्रचलनले अप्ठ्यारो परेकोमा अब नियमित रूपमा नवीकरण गर्न पाउने व्यवस्था गरेका छौँ ।" क्रियाशील सदस्यता सम्बन्धी विवाद र मतभेद कम हुने उनकाे विश्वास छ ।
आजकै बैठकमा पार्टीले आगामी दिनमा लिनुपर्ने रणनीति र कार्यक्रमबारे पनि छलफल भइरहेको उनले बताए ।
उनले भने,"जिल्ला सभापतिहरुले पार्टी नेतृत्व र सरकारबारे पनि धारणा राख्नुभएको छ । सरकारले पार्टीसँग समन्वय नगरेकोबारे ध्यानाकर्षण गराउनुभएको छ ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण