अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजा राम्रो, माथिल्लो ग्रेड ल्याउने बढे
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार हुँदै गएको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो ।
बोर्डले यो वर्ष अनिवार्य गणित, अनिवार्य अंग्रेजी र विज्ञान विषयको स्तरीकृत प्रश्नपत्र प्रणालीबाट परीक्षा लिइएको थियो । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्यामा बढी देखिएको छ भने तल्लो ग्रेडको नतिजा कम देखिएको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि चार जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेका छन् । जुन ४.६३ प्रतिशत हो । २०७८ को नतिजा अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना रहेका थिए । जुन १.९४ प्रतिशत रहेको थियो ।
त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ विद्यार्थी रहेका छन् । जुन ११.३६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा यो संख्या पनि बढी हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विभिन्न कारणले यो वर्षका नतिजा राम्रो देखिएको बताए ।
विद्यार्थीले राम्रोसँग पढ्न पाएकाले यो वर्षको नतिजा पनि राम्रो आउने हुन सक्ने उनको अनुमान छ । ‘कोभिड महामारीको पछि परीक्षा लिइएको थियो । विद्यार्थीहरूले राम्रो तयारी गर्न पाएका थिएनन् । यो वर्ष राम्रोसँग पढ्न पाए । विद्यालयले पनि राम्रोसँग पढाउन पायो । बोर्डले सञ्चालन गर्ने परीक्षाको मापदण्ड तथा टुलहरूमा गरिएको सुधारले पनि नतिजा सुधार आएको हुन सक्छ,’ अध्यक्ष शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण