साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा गर्ने भएको हो । बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षामा ग्रेड ‘सी’ देखि ‘इ’ ग्रेडसम्म नतिजा ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।
त्यसका लागि अहिले नै निर्णय नभइसकेको र केही दिनमा सूचना जारी गरिने बताए । यो वर्षको एसईईमा १३ हजार ९९२ विद्यार्थीले नन ग्रेड (एनजी) अङ्क ल्याएका छन् । त्यस्तै २ हजार २०० जा विद्यार्थीको ‘इ’ ग्रेड आएको छ । त्यस्तै ३८ हजार ७७० जनाले डी प्लस जीपीए ल्याएका छन् ।
त्यस्तै ‘डी’ र ‘सी’ सम्म ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । इ र डी ले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले भने ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिनुपर्छ । त्यसका लागि अनिवार्य गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण