आङटावा शेर्पासहित ७ जनाको निवेदन उच्च अदालतमा दर्ता
काठमाडौँ । नक्कली शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा.इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले रातोपाटीलाई बताए ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दिनेमा पूर्व सांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्व सांसद डा.ईन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जन छन् । काठमाडौँ जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई थुनामा राख्ने आदेश गरेका थिए । उच्चमा पुनरावेदन गरेकी लक्ष्मी महर्जन ५ लाख धरौटीमा रिहा भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण