मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महामन्त्री थापाले भने–प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले  अप्ठ्यारो महसुस भयो

बिहीबार, २१ असार २०८०, १९ : ५९
बिहीबार, २१ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरेको बताए । 

महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताए । उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्यौलता हट्ने पनि स्पष्ट पारे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप