अज्ञात रोग फैलिएको कालीकोटकाे गाउँमा पुग्यो चिकित्सक टोली
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ ।
अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो । एक सातादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया कर्मा थापाको मृत्यु भएको छ भने एक सय ७८ जना बिरामी परेका छन् ।
गाउँका फैलिएको अज्ञात रोगका उपचारका लागि तिलागुफा नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोली पुगेर उपचारको थालनी गरेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । “अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ ।” उनले भने, “अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनुभएको छ ।”
रुडु गाउँ र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा टङ्कप्रसाद आचार्यले जानकारी दिए । “नगर अस्पताल र जिल्ला अस्पताल चिकित्सकसहित टोलीले उपचार गरिरहेका छौँ”, उनले भने, “रोगबाट प्रभावित व्यक्तिहरु हाम्रो सम्पर्कमा आउने क्रम जारी रहेको छ ।”
ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्यसपछि मात्र कुन रोग हो भन्ने यकिन हुने डा आचार्यले जानकारी दिए । “लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुनसक्छ ।” उनले भने, “प्रयोशशाला विधिका नमूना सङ्कलन पठाएका छौँ । त्यसको रिर्पोट आए पनि कुन रोग हो । त्यसपछि मात्र भन्न सकिन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण