म्यानपावर र एजेन्टविरुद्ध आइटी आर्मीको प्रदर्शन
काठमाडौँ । आम आदमी नेपाल निकट आइटी आर्मीले आज काठमाडौँमा प्रदर्शन गरेको छ । वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न माग गर्दै काठमाडौँको बालकुमारीमा सो संगठनले प्रदर्शन गरेको हो । अवैध धन्दामा लागेका म्यानपावर र एजेन्टका विरुद्धमा प्रदर्शन गरिएको आम आदमी नेपालका अध्यक्ष प्रभु साहले जानकारी दिए ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीले कामदार लुटन पाइँदैन, भ्रष्ट म्यानपावर चाहिँदैन ! फ्रि भिसा– फ्रि टिकट लागू गर ! जस्ता नारा लगाएका थिए ।
म्यानपावरहरुले विभिन्न एजेन्टमार्फत जनतालाई ठग्ने काम गरेको बताउँदै उनले त्यस्ता एजेन्टलाई राज्यले नियन्त्रणमा लिइ कारवाही गर्नुपर्ने माग प्रदर्शनकारी गरेका थिए । अध्यक्ष साहले मिटर ब्याजीभन्दा खतरनाक काम म्यानपावरका एजेण्टहरुले गरिरहेको र त्यसमाथि छानविन गरि राज्यले कारवाही गर्नुपर्ने बताए ।
म्यानपावर त्यसका एजेण्टबाट लाखौं युवा ठगिएर घरबारविहिन भएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण