शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जुलाईको तीन दिन विश्वभर रेकर्ड गर्मी

शनिबार, २३ असार २०८०, १४ : ४८
शनिबार, २३ असार २०८०

काठमाडौँ । जुलाई ३ देखि ५ सम्म विश्वभर रेकर्ड गर्मी महसुस भएको छ । सन् १९७९ पछि पहिलोपटक यस स्तरको गर्मी भएको हो । गर्मीले ४४ वर्षअघिको कीर्तिमान बराबरी गरेको छ । ३ जुलाईका दिन विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियस पुगेको थियो । ४–५ जुलाईमा औसत तापक्रम बढेर १७.२ डिग्री सेल्सियस पुगेको थियो । तपाईंलाई लाग्न सक्छ यो तापक्रम त केही पनि होइन । तर, यहाँ विश्वको औसत तापक्रमको कुरा गरिँदैछ । यो उत्तरी र दक्षिणी गोदार्द्धको तापक्रमको औसत तापक्रम हो । ध्रुवमा यतिबेला जाडो छ । तापक्रमको वृद्धिको कारण जलावयु परिवर्तन र अल–नीनो बताइएको छ ।

जर्जिया इन्सिटीट्युट अफ टेक्नोलोजीका वैज्ञानिक किम कबका अनुसार प्रशान्त महासागरले विश्वको लगभग आधा हिस्सा ओगट्छ । अल–नीनोको समय यसको ठुलो हिस्साको तापक्रम वृद्धि हुन्छ । यसले गर्दा विश्वको अन्य स्थानको तापक्रम पनि बढ्छ ।  विश्वको तापक्रममा मायन विश्वविद्यालयले नजर राख्दछ । यो एक प्रकारको टूल हो जसले विश्वभरको तथ्याङ्क सङ्कलन गर्दछ । यसले वैश्विक वायुमण्डलको लेखाजोखा राख्छ । विश्वविद्यालयले नै विश्वको औसत तापक्रम १७–१७.२ डिग्री सेल्सियस पुगेको जानकारी दिएको हो । 

युरोपियन युनियनको कपरनिकल क्लामेट चेन्ज सर्भिसका अनुसार गत महिना अर्थात् जुनमा पनि विश्वभर गर्भी महसुस भएको थियो । यस वर्षको जुन महिना अघिल्लो वर्षको भन्दा ०.२ डिग्री सेल्सियसले बढी गर्मी थियो । गत हप्ता दक्षिणी र पूर्व अमेरिकामा तातो हावाको प्रकोप देखिएको थियो । टेक्सासमा मात्र १३ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप