मधेस प्रदेश
एमालेको विरोधपछि मधेस प्रदेश प्रदेशसभाको बैठक अवरुद्ध
शनिबार, २३ असार २०८०, १६ : ३१
जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले अवरुद्ध गरेका छन् । अर्थमन्त्री सञ्जयकुमार यादवले बजेट भाषणपछि रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेका हुन् ।
यस विषयमा उनीहरूले मुख्यमन्त्रीको जवाफ माग गरेका छन् । एमालेका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।
मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले चेतावनी दिएका छन् । उनले अर्थमन्त्रीले बजेट भाषण भइसकेपछि बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । दलका उपनेता ठाकुरले बजेट सेसन अन्त्य भएपछि के कति कारणले रकमान्तर भएको भनेर जवाफ मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण