आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

के तपाईं लामो दूरीको सम्बन्धमा हुनुहुन्छ ? यी ५ कुराको ख्याल गर्नुस्, सम्बन्ध बलियो हुनेछ

आइतबार, २४ असार २०८०, ११ : २०
आइतबार, २४ असार २०८०

आजकल लामो दुरीको सम्बन्ध सामान्य भैसकेको छ तर टाढा भएका कारण अधिकांश जोडीले सामान्य पार्टनरको जस्तो व्यवहार गर्न सक्दैनन् जसका कारण सम्बन्धमा दुरी पनि आउन थाल्छ । यस्तो अवस्थामा केही कुरामा ध्यान दिनुभयो भने सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसबारे जानकारी लिऔँ ।  

आफ्नो पार्टनरसँग कहिल्यै झुट नबोल्नुहोस् :

लामो दूरीको सम्बन्ध  विश्वासमा अडिएको हुन्छ । यसले सम्बन्धलाई मजबुत बनाएको हुन्छ, त्यसैले आफ्नो पार्टनरसँग कहिल्यै झुट नबोल्नुहोस् ।  तर तपाईंको झुटो बोल्ने बानी छ भने केही समयपछि पार्टनरले तपाईंलाई विश्वास नगर्न पनि सक्छन् । तसर्थ, तपाईंको सम्बन्ध कमजोर हुन सक्छ । आफ्नो पार्टनर सँग सत्य बोल्नुहोस् र केही लुकाउन नखोज्नुहोस् ।

शङ्काको नजरले नहेर्नुहोस् :

लामो दूरीको सम्बन्धमा यस्तो स्थिति धेरै पटक निम्तिन सक्छ । पार्टनरले एक अर्कालाई शङ्का गर्न थालेपछि सम्बन्ध चिसो हुनसक्छ । त्यसैले आफ्नो पार्टनरमा पूर्ण विश्वास राख्नुहोस् र शङ्काको दृष्टिले पनि नहेर्नुहोस् । 

पार्टनरलाई समय दिनुहोस् :

आफ्नो पार्टनरसँगको सम्बन्धलाई मजबुत बनाउन दैनिक समय दिनुहोस् । यसका लागि तपाईंले फोन वा भिडियोमा कुरा गर्न सक्नुहुन्छ र उनीहरूसँग अनलाइनमा समय बिताउन सक्नुहुन्छ  । यसले बिस्तारै तपाईंको सम्बन्धको बन्धनलाई मजबुत बनाउनेछ र लामो दूरीको सम्बन्धमा रहँदा पनि तपाईं एक अर्का सँग नजिकिनु हुनेछ ।

धेरै नकुराउनुहोस् :

लामो दूरीको सम्बन्धमा आफ्नो पार्टनरलाई फोन र भिडियो कलका लागि धेरै नकुराउनुहोस् । यसले अर्को व्यक्तिलाई बेवास्ता गरेको महसुस गराउँछ । जुन तपाईंको सम्बन्धको लागि ठिक होइन । त्यसैले आफ्नो पार्टनरसँग समयमै कुरा गर्नुहोस् र उनलाई पूरा ध्यान दिनुहोस् ।

कसैसँग तुलना नगर्नुहोस् :

आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन र बन्धनलाई बलियो बनाउन, आफ्नो पार्टनरलाई अरू कसैसँग तुलना नगर्ने प्रयास गर्नुहोस् । यसो गर्दा तपाईंको पार्टनरलाई कमजोर महसुस गराउँछ । जसले गर्दा सम्बन्ध कमजोर बन्न सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप