पाँच लाख टाटा टियागो बिक्री
काठमाडौँ । भारतको अग्रणी टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडीहरु बिक्री गर्न सफल भएको छ। सन् २०१६ मा विक्री सुरु गरिएको सो गाडीले सात वर्षको छोटो अवधि मै यो सफलता हासिल गरेको हो।
कुल पाँच लाखमध्येका एक लाख गाडीहरु केवल १५ महिनामा बिक्री भएको थियो। टियागोले "नेट प्रोमोटर स्कोरमा" पनि ५१ अंक हासिल गरेको छ । जुन अन्यको तुलनामा सबैभन्दा उच्च भएको कम्पनीको भनाइ छ ।
यस्तै टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरू जितेको छ। यी उपलब्धिहरूले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट एवं सुरक्षाको दृष्टिकोणले अब्बल भएको पुष्टि गर्ने कम्पनीको भनाइ छ ।
सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको थियो।
नेपाली बजारमा पनि टाटा टियागोको बजार तिब्र ढंगले बढेको कम्पनीको भनाइ छ। नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा पर्न सफल भएको छ। विशेषतः भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका अघि बढिरहेका युवावर्गको (औसत उमेर ३५ वर्ष) पहिलो रोजाइमा यो परेको छ। टाटा मोटर्स को नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण