कैलालीमा ४४ जनाले लिए नयाँ ऐन अनुसार नागरिकता
धनगढी । सरकारले हालै जारी गरेको नयाँ नागरिकता ऐनअनुसार कैलालीमा ४४ जनाले नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बुवा आमाले जन्मको आधारमा लिएको नागरिकताको आधारमा तिनका सन्तानले नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासनको तथ्याङ्क अनुसार सुखडबाट १ जना महिला, टीकापुरबाट ४ जना महिला र १० पुरुष र धनगढीबाट ९ जना महिला र २० जना पुरुष गरी ४४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ गते सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार नागरिकता वितरण भइरहेको हो ।
नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो । गत जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण