सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीमा ४४ जनाले लिए नयाँ ऐन अनुसार नागरिकता

आइतबार, २४ असार २०८०, १५ : ४७
आइतबार, २४ असार २०८०

धनगढी । सरकारले हालै जारी गरेको नयाँ नागरिकता ऐनअनुसार कैलालीमा ४४ जनाले नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बुवा आमाले जन्मको आधारमा लिएको नागरिकताको आधारमा तिनका सन्तानले नागरिकता लिएका हुन् ।

जिल्ला प्रशासनको तथ्याङ्क अनुसार सुखडबाट १ जना महिला, टीकापुरबाट ४ जना महिला र १० पुरुष र धनगढीबाट ९ जना महिला र २० जना पुरुष गरी ४४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ गते सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार नागरिकता वितरण भइरहेको हो ।

नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो ।  गत जेठ १७ गते राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप