पुष्पलाल कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेता : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेता भएको बताएका छन् । सोमबार ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोह कार्यक्रममा बोल्दै नेपालले उनी कम्युनिस्ट आन्दोलनको सिद्धान्त, विचार र दस्तावेजलाई अघि सार्ने नेता भएको बताए ।
‘पुष्पलाल उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै काँग्रेस र कम्युनिस्ट दुवै नमिलेर पञ्चायत फाल्न सकिँदैन भन्ने निष्कर्ष निकाल्नु भयो । उहाँको कुरालाई जब निष्कर्षका साथ आत्मसाथ गर्यौँ । तब दुई ठुला वामपन्थी र दक्षिणपन्थी शक्तिहरू मिले । त्यसपछि ३० वर्षको निरङ्कुश पञ्चायतलाई फाल्न सक्यौँ,’ नेपालले भने, ‘उहाँलाई एक दूरदर्शी नेताको रूपमा लिन्छौँ । उहाँले कम्युनिस्ट आन्दोलनको सिद्धान्त विचार र दस्ताबेजहरू अघि सार्नुभयो । कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभयो ।’
पुष्पलाल एक उच्च व्यक्तित्व भएकोको उनी सधैँ जीवित रहने नेपालले बताए । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट कमल कोइराला, बालचन्द्र विष्ट र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण