विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ, १ अर्ब ९६ करोड कारोबार
काठमाडौँ । विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारकाे वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले सन् ०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको बताए ।
शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोद कुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी सुन संकलनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाको आधारमा निगरानी बढाउँदा पछिल्लो पटक बिदेबाट आउने ५ जनाको साथबाट ८२८ ग्राम सुन बरामद भएको प्रहरीको भनाइ छ । यसरी सुन पटक पटक आउने गरेको प्रहरीको प्रहरी स्रोतको भनाइ छ ।
विदेशबाट फर्किने क्रममा सुनसहित पक्राउ पर्ने ५ जनामा धनुषाका सुनिल कुमार महरा, नरेश पजींयार, सिरहाका दिनेश कुमार यादव, कपिलवस्तु सन्तु गुलाम मुराउ र बाँकेका भुम बहादुर वली रहेका छन् ।
यस्तै सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा बिनोदसहित सञ्जु कुमारी शाह दुर्गा प्रसाद यादव र देवानन्द शाह रहेका छन् ।
यस्तै प्रहरीले सिरहाका मोहन कुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिव सुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण