सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोन भिज्यो ? बिर्सेर पनि नगर्नुहोस् यस्ता गल्ती

मङ्गलबार, २६ असार २०८०, १२ : १०
मङ्गलबार, २६ असार २०८०

मनसुन चलिरहेको छ । पानी पर्ने मौसममा घर बाहिर निस्कन धेरैलाई मन नपर्न सक्छ तर घरमै बसिरहन सम्भव पनि छैन । कहिलेकाहीँ पानी यति धेरै परिदिन्छ कि सावधानी अपनाउँदै अपनाउँदै पनि भिजिन्छ । मोबाइल, पर्ससमेत भिज्छ । पानीले गर्दा कहिलेकाहीँ मोबाइल काम नलाग्नेसमेत हुनसक्छ । यस्तो अवस्थामा तपाईंले केही सावधानी अपनाएर आफ्नो मोबाइललाई काम नलाग्ने हुनबाट जोगाउन सक्नुहुन्छ ।  

यी कुरालाई ध्यानमा राख्नुहोस्

आज हामी तपाईंलाई केही यस्ता सावधानीबारे जानकारी दिँदै छौँ जसले भिजेको स्मार्टफोनलाई सुरक्षित राख्ने काम गर्नेछ । 

हेयरड्रायरको प्रयोग नगर्नुहोस्

स्मार्टफोन सुकाउनका लागि धेरै मानिसले हेयर ड्रायरको प्रयोग गर्छन् । यसबाट निस्कने हावा निकै तातो हुन्छ जसले फोनको हार्डवेयरलाई बिगार्न सक्छ ।

तातो स्थानमा नराख्नुहोस्

स्मार्टफोन पानीले भिजेपछि ओभन वा बोनेटलगायतका तातो स्थानमा राख्नबाट जोगिनुहोस् । यस्तो गर्दा फोन पूरै बिग्रन्छ । 

चार्ज नगर्नुहोस्

स्मार्टफोन भिजेपछि त्यसलाई बिर्सेर पनि चार्ज नगर्नुहोस् । त्यसमा सर्ट सर्किट हुनसक्छ । 

पिनले सफा नगर्नुहोस्

फोनको पोर्टमा पिन प्रयोग नगर्नुहोस् । यस्तो गर्दा पानी मोबाइलको मदरबोर्डसम्म पुग्न सक्छ र यो झन् बिग्रन सक्छ ।

तुरुन्त स्विच अफ गर्नुहोस्

स्मार्टफोन भिज्यो भने त्यसलाई जोगाउनका लागि तुरुन्त स्विच अफ गर्नुहोस् । यदि बन्द भएको छ भने त्यसलाई खोल्ने कोसिस नगर्नुहोस् ।

तुरुन्त पानी पुछ्नुहोस्

भिजेको फोनलाई स्विच अफ गरेपछि फोनलाई कुनै चिसो कपडाले पुछ्नुहोस् । पानी सबै सुकेपछि त्यसलाई केही बेरसम्म यत्तिकै छोड्नुहोस् । 

सिम आदि निकाल्नुहोस्

स्मार्टफोन भिजेपछि प्रयोगकर्ताले तुरुन्त सिम र एसडी कार्ड इत्यादि निकाल्नुहोस् । 

फोनलाई बेस्सरी हल्लाउनुहोस्

भिजेको फोनलाई सुकाउनका लागि फोनलाई बेस्सरी हल्लाउनुहोस् । यसो गर्दा सबै पानी निस्कनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप