जसपा निकट कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने
बिहीबार, २८ असार २०८०, १३ : १५
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट संघीय कानुन व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन हुने भएको छ । सो संगठनको आगामी साउन ५ र ६ गते काठमाडौँमा सम्मेलन हुन लागेको हो ।
एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय जना कानून व्यवसायी सो सम्मेलनमा सहभागी हुने जसपाले जनाएको छ । सम्मेलनका लागि व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत भइसकेको संघीय कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष अधिवक्ता दिपक राईले बताए । सम्मेलनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने बताइएको छ ।
कानुन व्यवसायीहरुको यो संगठन सो पार्टीको बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण