शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभामा संसदीय समितिका सदस्यहरुको नाम अनुमोदन (नामसहित)

शनिबार, ३० असार २०८०, २० : १०
शनिबार, ३० असार २०८०

रुपन्देही । लुम्बिनी प्रदेशमा आज बसेको प्रदेशसभा बैठकले  ‘मिनि संसद’ मानिने बिषयगत समितिका सदस्यहरुको नाम टुंगो लगाएको छ । आजको  बैठकमा सभामुख तुलाराम घर्ती मगरले लामो समयदेखि रोकिएका बिषयगत समितिका सदस्यहरुको नामावली घोषणा गरेका हुन् । उनले सभामा पेश गरेको नामवलीलाई संसदले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । 

बैठकले सार्वजनिक लेखा समिति सदस्यमा विष्णुप्रसाद पन्थी, गिरीधारीलाल न्यौपाने, रामजीप्रसाद घिमिरे, सीता शर्मा, जानकी न्यौपाने, अब्दुल रज्जाक गद्धी, बैजनाथ कलवार, धनेन्द्र कार्की, धनलक्ष्मी श्रेष्ठ, दिपेन्द्र कुमार पुनमगर, नरमाया ढकाल र कन्हैया बाँनियाको नाम अनुमोदन गरेको छ ।

अर्थ, उद्योग र पर्यटन समितिको सदस्यमा तुलसीप्रसाद चौधरी, भगवतीकुमारी थरुनी, खेमबहादुर सारु, वसन्ती न्यौपाने, सायरा बनो, जन्मजय तिमिल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, कृष्णा केसी र हेमा बेल्बासे केसीको नाम अनुमोदन गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा विकास समितिको सदस्यमा चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसुदनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, विरबहादुर राना, बादशाह कुर्मी माया पुन, सरोज थापा, कृष्णा कुश्मा थारु, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, गीता गुरुङ र खड्ग बस्नेतको नाम अनुमोदन भएको छ ।

त्यसैगरी प्रदेश मामिला तथा कानुन समितिका सदस्यहरुमा भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, रत्नबहादुर खत्री, चिन्तामणि पाण्डे, यमुना रोका तामाङ, निमा गिरी, भुवनेश्वर चौधरी, जमुना ढकाल, सुधाकर पाण्डेय, इन्द्रजीत चौधरी, राजकुमार चौधरी र आशिषकुमार चौधरी रहेका छन् । 

सामाजिक विकास समिति सदस्यहरुमा भूमिश्वर ढकाल, नवराज लामिछाने, रेखाकुमारी शर्मा, सरिता पुन, वसीउद्धिन खाँ, धनशादुर केसी, सुशीला बादी, मिनाकुमारी बोहोरा, लोकीकुमारी विक, यमबहादुर नेपाली सार्की, जानकीप्रसाद यादव र तारा थापा रहेका छन् ।

उता कृषि, वन तथा वातावरण समिति सदस्यहरुमा अर्जुनकुमार केसी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राजुप्रसाद श्रेष्ठ, शान्त लोध, मालती सोडारी, विश्वप्रेम पाठक, देवीप्रसाद चौधरी, जोखबहादुर महरा, मिना बुढामगर, मिनाकुमारी श्रेष्ठ, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र भगवती अधिकारी रहेका छन् । 

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले आज अनुमोदन भएका समिति सदस्यहरुबाट नै सभापति निर्वाचित हुने बताए । त्यसका लागि निर्वाचन मिति तोकिने उनले बताए । प्रदेशसभाको अर्को बैठक साउन ८ गते बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप