सांसद ज्ञानबहादुरको प्रश्न : राजनीतिक आवरणका घटनालाई माफी दिने कानुन बनाए भोलि यो देशमा कोही जीवित रहन्छ ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ अघि बढाए नेपाल अफ्रिकाभन्दा पनि पछाडि धकेल्ने दावी गरेका छन् ।
सो विधेयक संसदमा अघि बढाउने विषयमाथि विरोधको सूचना दर्ता गराएका सांसद शाहीले सो विधेयक अघि बढेर कानुन निर्माण भएमा राजनीतिक आवरणमा सडकमा हत्याको श्रृङ्खला बढ्ने बताएका हुन् ।
उनले भने– ‘सडकको किनारमा मान्छेको हत्या हुन्छ, मान्छेलाई मारिन्छ, त्यसपछि त्यहाँ राजनीतिक पर्चा छोडिन्छ र त्यहाँ के लेखिन्छ भने क्रान्तिका लागि, हलानाका लागि, फलनाका लागि भनेर लेखिन्छ । अनि त्यो पर्चाका आधारमा सरकारले ओहो यिनीहरु त राजनीतिक दलहरु हुन भनेर उन्मुक्ति दिन्छ । यदि भोली यो परम्परा यो देशमा बस्यो भने यही संसदमा हामी माननीयको जीवन रहन्छ कि रहँदैन ?’
उनले अहिले अफगानिस्तानका बीच बजारमा बम पड्किएको जस्तै नेपालमा भोलि बम पड्किन सुरु हुने बताए । राज्यले कमजोर कानुन बनाउने, राजनीतिक भनेर अदालतले फैसला गरेको दोषी पनि छोड्ने र राजनीतिक आस्थाका आधारमा मान्छे मार्न थाल्ने हो भने यो देशमा भोलि कोही जिवित रहन्छ भन्दै प्रश्न गरे ।
‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मा फौजदारी सम्बन्धी कसुरमा राजनीतिक प्रकृतिको भए सरकारले मुद्दा फिर्ता लिनेसम्बन्धी कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)