शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बोटका तीन नयाँ प्रडक्ट नेपाली बजारमा, यस्तो छ मूल्य र अफर

आइतबार, ३१ असार २०८०, १६ : ५३
आइतबार, ३१ असार २०८०

काठमाडौँ ।  भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको  छ । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो ।
 यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

स्टोन १९०
ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स ७  रेटिङ पाएको छ । बोक्नलाई कम्फर्ट र हलुका यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री समावेश गरेको छ । यसलाई फूल चार्ज गर्न डेढ घण्टा लाग्नेछ भने एक पटकको चार्जमा चार घण्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ ।
स्पिकरलाई कन्ट्रोल गर्न विभिन्न तीन बटनहरू उपलब्ध गराइएको छ । जसमा दुई ओटा बटनले भोलुम अप डाउन र एउटाले म्युजिक प्ले पज गर्छ । ५ वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले २६९९ रुपैयाँ तोकेको छ । 

स्टोर्म कल  
कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, स्टोर्म कल स्मार्टवाच । ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकता अनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिन्छ । त्यसै फोनमा आएका तथा सामाजिक सञ्जालका नोटिफिकेसन पनि वाचबाटै हेर्न सकिन्छ ।
कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन् । यो स्मार्टबाचमा १.६९ इन्चको एचडी डिस्प्ले छ भने सो डिस्पले २.५डी कर्भ्ड छ । यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड रहेको छ । जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ । 

१५० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम छ । यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ ।
२२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चा‍र्जमा यो स्मार्टवाचलाई सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड ६.० र आईओएस १३ भन्दा माथिको डिभाइसमा सपोर्ट गर्छ । कम्पनीले स्टोर्म कलको मूल्य ४४९९ रुपैयाँ तोकेको छ । 

वेभ बिट 
बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ । यो फिटनेस ट्रयाकर स्मार्टवाच वाच हो । यसमा १.६९ इन्चको एचडी डिस्प्ले रहेको छ । मल्टिपल एक्टिभ स्पोर्ट मोड अन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा वास्केटबल मोड राखेको छ । जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ ।

१०० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम रहेको छ । यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ । २२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चा‍र्जमा यो स्मार्टवाचलाई १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यसले एन्ड्रोइड ६.० र आईओएस १३ भर्सनभन्दा माथिका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ । वेभ बिटको मूल्य ३४९९ रुपैयाँ तोकेको छ ।
साथ साथै दराजमा अहिले कमिङ सुनमा रहेका तीन वटा बोटका नयाँ  प्रडक्टहरु; स्टोन १९० ब्लुटुथ स्पिकर र स्टोर्म कल र वेभ बिटस्मार्टवाच श्रावण १ गतेबाट दराजमा सार्वजनिक हुने भएका छन् । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ । 

यसअन्तर्गत लाइभ भइसकेपछि पहिलो पटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र रु १९९९, वेभ बिट स्मार्टवाच मात्र रु २९९९ र स्टोर्म कल स्मार्टवाच मात्र रु ३९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 
त्यस्तै सोमबार दिउसो १२ बजे दजारको लाइभ सेसनमा “फास्टेस्ट फिङ्गर फ्रस्ट” भन्ने अफर अन्तर्गत छनोट भएका पाँच जनाले ३४९९ पर्ने वेभ बिट स्मार्टवाच मात्र रु ३४ रुपैयाँमा पाउनेछन् । उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्ने छ । उक्त लाइभ सेसनमा रु ३४६५ को डिस्काउन्ट भौचरहरु फ्लाश हुने छन् । ग्राहकहरुले उक्त भौचरको प्रयोग गरेर ३४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र रु ३४ मा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप