प्रदेशको पदपूर्तिसम्बन्धी सूचनालाई ऐनअनुसार परिमार्जन गर्न माग
सोमबार, ०१ साउन २०८०, १६ : १२
काठमाडौँ । प्रदेश सरकारहरूले सार्वजनिक गरेका पदपूर्तिसम्बन्धी सूचनालाई विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म बमोजिम सम्बोधन गर्ने गरी परिमार्जन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ को दफा १२ (ग) मा तोकिए बमोजिम अर्थात् ४५ वर्ष सम्म कायम हुनु पर्ने महासचिव डा. सञ्जीव तिवारीले ध्यानाकर्षण गराएका हुन् ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रलाई विशेष सम्बोधन गर्नका लागि ऐन लागू गरी स्वास्थ्य सेवामा प्रवेश गर्न चाहने स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई सोही अनुरूप पदपूर्ति गर्दै आइरहेको संघको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण