'कमेडी क्लब विथ च्याम्पियन' बन्द
काठमाडौँ। चर्चित कमेडी शाे 'कमेडी क्लब विथ च्याम्पियन' बन्द भएकाे छ । साे च्याम्पियनका प्रमुख विशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन् । साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण भएपछि बन्द भएको उनको भनाइ छ ।
यद्यपि उनले छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता भने जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -
यो १६ महिनाको हाम्रो यात्रा निकै रोमाञ्चक थियो । कतिपय एपिसोडमा हामी हँसाउन सफल भयौँ भने कतिमा भएनौँ पनि तर दर्शकको मायामा कहिले कमी आएन ।
यही ऊर्जाले काम गर्दा गर्दै सुरुवातको वर्ष नै Best Popular Tv Show को Award जित्न पनि सफल भयौँ । यसको श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ ।
६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागि छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईँको TV SCREEN मा देखिने छैनौँ।
तर हामी चाँडै छोटो विश्राम पछि Recharge भई सुरुवाती ऊर्जामै फर्केर यहाँहरुलाई हाँसोको फोहरा छुटाउन अवश्य आउने छौँ ।
तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चाँडै ऑउदै छौँ। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ ।
धन्यबाद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण