‘पूरा भयो सपना’
मियामी । इन्टर मियामीले नयाँ अनुबन्ध गरिएका स्टार खेलाडी लियोनेल मेस्सीलाई डीआरभी पीएनए स्टेडियमा समर्थकसामु अनावरण गरिएको छ । सात पटकका बालोन डी’ओर विजेतालाई हेर्न २० हजार समर्थक वर्षाको परवाह नगरी स्टेडियममा उपस्थित भएका थिए ।
छोटो सम्बोधन गर्दै ३६ वर्षीय खेलाडीले समर्थकहरूलाई धन्यवाद दिँदै अझै पनि आफूमा पहिलेजस्तै ‘चाहना’ बाँकी रहेको बताए । विश्वकप विजेता अर्जेन्टिनी खेलाडी मेजर लिग सकरमा सन् २०२५ सम्म रहने गरी करार सम्झौता गरेका छन् ।
उनले क्लबमा पुरानो समकक्षी सर्जियो बुस्केटको साथ पाउनेछन् । दुवैले बार्सिलोनामा सँगै खेलेका थिए । बुस्केटलाई पनि आइतबारको समारोहमा अनावरण गरिएको थियो । उनले सन् २०२५ सम्मको करार गरेका छन् ।

मेस्सीलाई १० नम्बरको जर्सी दिइएको थियो भने उनलाई सातपटकका सुपर बोल विजेता टम ब्राडी र चार पटकका एनबीए विजेता स्टेफन करीले स्वागत गरेका थिए ।
‘म प्रतिस्पर्धा गर्नका लागि प्रशिक्षण सुरु गर्न आतुर छु,’ मेस्सीले भने, ‘प्रतिस्पर्धा गर्न, जित्न र क्लबलाई अगाडि बढाउनका लागि मेरो चाहना पहिलेजस्तै कायम छ । यो सहरमा खेल्ने र यो परियोजना चुन्ने निर्णय लिन पाउँदा म निकै खुसी छु । म यहाँ निकै खुसी रहनेछु भन्ने पक्का छ । हामी सबैले रमाइलो गर्नेछौँ र राम्रो समय आउनेछ ।’
मेस्सीले सन् २०२२–२३ को सिजनको अन्त्यमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्ने निर्णय गरेका हुन् । दुई वर्ष क्लबमा रहँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए । विभिन्न अफरहरुलाई अस्वीकार गर्दै उनले एमएलएस आउने निर्णय गरेका थिए ।
इन्टर मियामीका सह–मालिक डेभिड बेकह्यामले मेस्सीलाई अनुबन्ध गर्न पाउनु ‘सपना पूरा भएको’ बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण