रुसले रोक्यो ‘ब्ल्याक सी’बाट निर्यात, विश्वमा खाद्य संकटको जोखिम
एजेन्सी । रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यात प्रतिबन्ध लगाएपछि विश्वभर मकै र गहुँको मूल्य बढेको छ । यसअघि युद्धका बीच रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यातमा रोक लगाएको थिएन । युक्रनेले ब्ल्याक सी हुँदै विश्वभर खाद्यान्न निर्यात गर्दै आइरहेको थियो ।
तर, रुसले युक्रनेबाट हुने सम्पूर्ण खाद्यान्नको निर्यात रोकेपछि भने विश्वभर खाद्यान्नको मूल्य बढ्ने र अभाव चुलिने भएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार रुसको यो कदमबाट विश्वभरका लाखौं मानिसलाई प्रभाव पर्ने छ ।
‘रुसको पछिल्लो निर्णयबाट विश्वभर खाद्य संकट सुरु हुने र लाखौं मानिस प्रभावित बन्छन्,’ अमेरिकाको राष्ट्रिय सुरक्षा काउन्सिका प्रवक्ता आदम होड्गले भने । रुसको उक्त निर्णयसँगै अमेरिकी बजारमा समेत गहुँको मूल्य २.७ प्रतिशतले बढेको छ । यस्तै, मर्कैको मूल्य ०.९४ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण