निकै काम लाग्दो छ अण्डाको बोक्रा : यी पाँच काममा गर्नुहोस् प्रयोग, खर्च कम हुनेछ
अण्डालाई सुपर फुड भनिन्छ । यो शरीरका लागि जति फाइदाजनक छ, छाला र कपालका लागि पनि त्यति नै लाभदायी छ । तपाईंलाई थाहा नहुन सक्छ, अण्डाका साथै यसको बोक्रामा पनि थुप्रै पौष्टिक तत्त्व पाइन्छन् । त्यसैले अण्डाको बोक्रालाई फोहोर ठानेर फ्याँक्नुहुन्छ भने यसको उपयोगबारे जानकारी लिनुहोस् ।
प्रोटिन, आइरन र थुप्रै मिनरल्स र भिटामिनले भरिपूर्ण अण्डा हाम्रो स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, त्यसको बोक्रा पनि धेरै हिसाबले फाइदाजनक हुन्छ । वास्तवमा, तपाईंले फ्याँक्ने अण्डाको बोक्राको मद्दतले तपाईं आफ्नो वरपरका धेरै कामहरू सजिलो बनाउन सक्नुहुन्छ र अनावश्यक खर्च पनि कम गर्न सक्नुहुन्छ ।
अण्डाको बोक्रामा ९५ प्रतिशत क्याल्सियम कार्बोनेट पाइन्छ । यसरी आफ्नो बोट बिरुवाको जरामा मलको रूपमा प्रयोग गरेमा बिरुवालाई धेरै फाइदा हुनेछ र यी छिटो बढ्नेछन् । यति मात्र होइन, बिरुवामा फूल पनि प्रशस्त फुल्न थाल्छ ।
तपाईंले छालाको हेरचाहमा अण्डाको बोक्रा समावेश गर्न सक्नुहुन्छ । यदि तपाईंको अनुहारबाट चमक गायब भएको छ भने, अण्डाको बोक्रालाई राम्ररी धुनुहोस् । त्यसपछि यसलाई सुकाउनुहोस् र पाउडर बनाउनुहोस् । अब यसमा मह मिसाएर अनुहारमा स्क्रबको रूपमा प्रयोग गर्नुहोस् । तपाईं यसलाई फेस मास्कको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि अण्डाको बोक्रालाई पिसेर दहीमा मिसाएर अनुहारमा लगाउनुहोस् ।
यति मात्र होइन, कपालको हेरचाहमा पनि अण्डाको बोक्रालाई सजिलै समावेश गर्न सकिन्छ । तपाईंले अण्डाको बोक्राको धूलोलाई दहीमा मिसाएर कपालमा राम्ररी लगाउनुस् । २० मिनेट पछि कपाल धुनुहोस् । कपाल नरम र सिल्की हुनेछ ।
अण्डाको बोक्राको मद्दतले तपाईं आफ्नो पहेँलो दाँतलाई पनि सेतो बनाउन सक्नुहुन्छ । एक चम्चा अण्डाको धूलोमा एक चुटकी बेकिङ सोडा हाल्नुहोस् । अब यसमा नरिवलको तेल मिसाएर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई पेस्टको रूपमा प्रयोग गर्नुहोस् । दाँतको चमक फर्किनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण