बुढीगण्डकी आयोजनाका लागि शक्तिशाली प्राधिकरण बनाउन भट्टराईको माग

गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा देशले १० वर्ष खेर फालेको बताएका छन् । आज गोरखाको सिउरिनेटारमा फिल्ड कार्यालय स्थापना कार्यक्रममा बोल्दै भट्टराईले आयोजनाको नाममा १० वर्ष खेर फालेको बताएका हुन् ।
डा. भट्टराईले यो आयोजनामा मुआब्जा सहजरुपमा वितरण भएपनि आयोजनाको निर्माण अघि बढ्न नसकेको बताए । उनले बुढीगण्डकी आयोजनाबाट देशले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।
यो आयोजना विकास गर्न एउटा शक्तिशाली प्राधिकरण बनाएर अघि बढ्नुपर्ने भट्टराईको भनाई छ । तर सरकारले यो कुरा बुझ्न नसकेको बताउँदै उनले आयोजना प्राधिकरण मातहत अघि बढाउन सकिने समेत बताए । हाल स्थापना भएको कम्पनीलाई प्राधिकरणको मातहतमा राख्न सकिने समेत उनले बताए ।
भट्टराईले बुढीगण्डकी विकास प्राधिकरणको अध्यक्षमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बनाउन समेत प्रस्ताव गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान