बुढीगण्डकी आयोजनाका लागि शक्तिशाली प्राधिकरण बनाउन भट्टराईको माग
गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा देशले १० वर्ष खेर फालेको बताएका छन् । आज गोरखाको सिउरिनेटारमा फिल्ड कार्यालय स्थापना कार्यक्रममा बोल्दै भट्टराईले आयोजनाको नाममा १० वर्ष खेर फालेको बताएका हुन् ।
डा. भट्टराईले यो आयोजनामा मुआब्जा सहजरुपमा वितरण भएपनि आयोजनाको निर्माण अघि बढ्न नसकेको बताए । उनले बुढीगण्डकी आयोजनाबाट देशले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।
यो आयोजना विकास गर्न एउटा शक्तिशाली प्राधिकरण बनाएर अघि बढ्नुपर्ने भट्टराईको भनाई छ । तर सरकारले यो कुरा बुझ्न नसकेको बताउँदै उनले आयोजना प्राधिकरण मातहत अघि बढाउन सकिने समेत बताए । हाल स्थापना भएको कम्पनीलाई प्राधिकरणको मातहतमा राख्न सकिने समेत उनले बताए ।
भट्टराईले बुढीगण्डकी विकास प्राधिकरणको अध्यक्षमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बनाउन समेत प्रस्ताव गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण