बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

अल्जेरियामा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु

बुधबार, ०३ साउन २०८०, १७ : ५८
बुधबार, ०३ साउन २०८०

अल्जियर्स । अल्जेरियाको दक्षिणी भागमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । 

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा यात्रीबाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठाकिँदा उक्त हताहति भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् । दुई वटा सवारी साधन ठोकिँदा बसमा आगोलोको थियो । उद्धारकर्मीहरुले जलेका केही लाश निकालेका छन् । 

दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप