पञ्चायत, बहुदल र गणतन्त्रमा ‘एउटै वर्गको’ तस्कर सक्रिय : सांसद बजगाईं
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पञ्चायत, बहुदल र गणतन्त्रमा एउटै वर्गको तस्कर सक्रिय रहेको दाबी गरेका छन् ।
बुधबार त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बरामद भएपछि सांसद बजगाईंले तस्करहरूले सत्ता र नेताको भान्सामा नै पहुँच राख्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-
‘चालचलन बिग्रिएका पञ्चायती व्यवस्थामै पटक पटक सुन तस्करी कार्यमा पक्राउ परेका व्यक्तिलाई नेपालको एउटै र सर्वाधिक सामरिक प्रस्थान विन्दुमा त्रिभुवन विमानस्थलमा सेवा सञ्चालन सम्झौता दिनु नेपालको हवाई सेवा, पारवाहन, कार्गो विश्वसनीय छैन भन्नु हो। पञ्चायत, बहुदल, गणतन्त्रमा ‘एउटै वर्गको तस्कर’ सक्रिय छ। स्मरणः आईजीपी अच्युतकृष्ण खरेलले मातहतको गृहमन्त्रीसँग च्यालेन्ज गर्दै एकैपटक नेता संरक्षित ६ सुन तस्कर थुनामा राखेको। तस्करहरू भयानक छन् उनीहरू सत्ता र नेताका भान्सै......राख्छन् । एअरपोर्ट ट्रली सरसफाइ कौल(पसल सञ्चालक बाट अवैध डलर बरामद भयो (उही ठेकेदार यथावत्। सुन तस्करीमा पक्राउ परेकै व्यक्ति एयरपोर्ट सेवा सञ्चालक।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण